बैंक अफ काठमाण्डूका ग्राहकलाई फर्निचर वान स्टोरमा बिशेष छुट

२४ भाद्र २०७८, बिहीबार १८:१५

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकहरुले फर्निचर वान स्टोरमा बिशेष छुट पाउने भएका छन् । ग्राहकले बैंकको डेबिट कार्ड क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गरी उक्त स्टोरबाट २० प्रतिशत छुट पाउने गरी दुई पक्षबीच सम्झौता भएको हो ।

सम्झौतापश्चात अब बैंकका ग्राहकहरुले फर्निचर वान स्टोेरबाट घर तथा अफिसको लागि आवश्यक फर्निचर खरिद गर्दा सो प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । उक्त फर्निचर वान स्टोेरले डिल्लिबजारबाट सेवाग्राहीहरुलाई गुणस्तरिय सेवा दिदैे आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*