साधना लघुवित्तद्धारा २६.३२ प्रतिशत लाभांश घोषणा

२५ भाद्र २०७८, शुक्रबार ११:१७

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराउँदै आर्थिक वर्ष २०७७।०७८ को संचित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरको हो ।

कम्पनीको भदौ २४ गते बसको संचालक समितिको ९७ औं बैठकले गत आर्थिक वर्षको कायम चुक्तापूँजी २५ करोड ६९ लाख ४० हजार ४०० रुपैयाँबाट वितरणयोग्य मुनाफा रकमबाट शेयरधनीलाई वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीको गत असान्तसम्म कायम चुक्तापूँजीको २५ प्रतिशतले हुन आउने ६ करोड ४२ लाख ४५ हजार १०० रुपैयाँ र १ः३२ प्रतिशतले हुन आउने नगद लाभांश ३३ लाख ८१ हजार ३२१ रुपैयाँ वितरण गर्ने घोषणा गरेको हो ।

उक्त बोनस शेयर तथा नगद लाभांश वितरण गर्नका लागि कम्पनीले नेपाल राष्ट्र बैंक समक्ष अुनमति माग गरी स्वीकृति पाएपश्चात आगामी वाषिृक साधारण सभाबाट प्रस्ताव गर्ने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*