पछिल्लो २४ घण्टामा थप ११४६ जनामा कोरोना संक्रमण पुष्टि, २१ जनाको मूत्यु
२५ भाद्र २०७८, शुक्रबार १७:३२

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ५४९ पीसीआर परीक्षणमा ९६१ जनामा र २ हजार २६७ एन्टिजेन परीक्षण गर्दा १८५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, सोही अवधिमा २१ जनाको कोरोनाको कारण मृत्यु भएको छ भने १ हजार ६६० जना संक्रमणमुक्त भएका छन् । हाल देशभर २७ हजारर ९५८ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।