एनआइसी एशिया ब्यालेन्सड् फण्ड र ग्रोथ फण्डको इकाई मूल्य समायोजन

२७ भाद्र २०७८, आईतवार १०:५६

काठमाडौं । एनआइसी एशिया म्युचुअल फण्ड अन्तर्गत संचालित एनआइसि एशिया ब्यालेन्स्ड् फण्ड र एनआइसी एशिया ग्रोथ फण्डको इकाई मूल्य नेप्सेमा समायोजन भएको छ ।

यी दुई फण्डले ३० प्रतिशत लाभांश प्रयोजनका लागि बुक क्लोज गरेसँगै आज दुवै फण्डको इकाई मूल्य समायोजन भएको हो ।

अघिल्लो दिन कायम एनआइसी एशिया ब्यालेन्सड् फण्डको १४ रुपैयाँ २७ पैसाका आधारमा नेप्सेले लाभांश वितरण पछिको मूल्य ११ रुपैयाँ २७ पैसा कायम गरेको छ । साथै एनआइसी एशिया ग्रोथ फण्डको अघिल्लो दिन कायम १५ रुपैयाँ २२ पैसाका आधारमा नेप्सेले लाभांश वितरण पछिको उक्त फण्डको इकाई मूल्य १२ रुपैयाँ २२ पैसा कायम गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*