नेपाल पेमेन्ट सोलुसन र सिटि एक्सप्रेस मनी ट्रान्सफरबीच सहकार्य

२७ भाद्र २०७८, आईतवार ११:२७

काठमाडौं । नेपाल पेमेन्ट सोलुसन प्रालिले सिटी एक्सप्रेस मनी ट्रान्सफरसँग सहकार्य गर्दै रेमिट्यान्स वालेट ट्रान्सफरका लागि प्लेटफर्म सार्वजनिक गरेको छ ।

उक्त सम्झौतामा प्रालिका चिफ एक्सपेरियन्स अधिकृत प्रताप श्रेष्ठ र ट्रान्सफरका चिफ बिजनेश अफिसर श्याम लामिछानेले सयुक्त रुपमा हस्ताक्षर गरेको हुुन् ।

सम्झौतापश्चात अब सेवाग्राहीहरुले रेमिट्यान्सको क्षेत्रमा आफु अनुकुल जुनसुुकै समयमा पनि वालेटमा विद्युतिय रेमिट्यान्स कारोबार गर्नका लागि प्रयोग गर्न सक्नेछन् । योे प्रक्रियाले गर्दा धेरै छिटो रकम पठाउन सकिने भएका कारण यो एकदम सहज, छिटो र सुरक्षित र सरल किसिमको पैसा पठाउने र पाउने माध्यम हुनेछ ।

विद्युतिय रेमिट्यान्स कारोबार पैसा पठाउने र पाउने कार्य एकैसाथ गर्न मिल्ने एक कस्टोमाइज गरिएको वित्तीय समाधान हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*