सेञ्चुरी कमर्सियल बैंकको सेञ्चुरी रेमिट प्रिमियर अकाउन्ट बचत खाता शुुभारम्भ, यस्ता छन् सुविधा

२७ भाद्र २०७८, आईतवार १७:२०

काठमाडौं । सेञ्चुुरी कमर्सियल बैंक लिमिटेडले नया बचत खाता सेञ्चुरी रेमिट प्रिमियम अकाउन्टकोे शुुभारम्भ गरेको छ । १ हजार रुपैया न्यूनतम मौज्दात भएको खातामा बार्षिक ५ दशमलव ५० प्रतिशतको दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्ने बैंकले जनाएको छ।

बैंकले शुभारम्भ गरेको खाता अन्तर्गत अरु बचत खाता भन्दा १ प्रतिशत ब्याज बढी भुक्तानीका साथै इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङ निःशुल्क उपलब्ध हुने बैंकले जनाएको छ । उक्त खातामा लकर सेवा र एटिएम अन्य सुविधा पनि रहेको छ ।

सेञ्चुुरी रेमिट प्रिमियर बचत खाता खोेल्न चाहने इच्छुक ग्राहकहरुले बैंकका कुनै पनि शाखा सम्पर्क राख्न आग्रह गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*