राष्ट्र बैंकले आन्दोलित लगानीकर्तालाई वार्ताका लागि बोलायो

२७ भाद्र २०७८, आईतवार १८:५९

काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयरधितो कर्जाको सीमाको विरोध गर्दै करिब १ साता अघि आन्दोलित लगानीकर्ताहरुलाई वार्ताका लागि बोलाएको छ । बैंक र नेपाल धितोपत्र बोर्डले आन्दोलित लगानीकर्तालाई बार्ताका लागि भोलि ( भदौ २८) गते बोलाएको छ ।

शेयर धितो कर्जाको सीमाको विरोध गर्दै भदौ २३ गतेदेखी दैनिक दिउसो ३ बजेदेखी ५ बजेसम्म माइतीघरमा रिले अनसन बसिरहेका थिए ।लगानीकर्ताहरुले भदौ २१ गते नेपाल राष्ट्र बैंकका कार्यकारी निर्र्देशक तथा प्रवक्ता देव कुुमार ढकाललाई गभर्नर महाप्रसाद अधिकारीको राजिनामा मागसंगै १८ बुदे माग गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*