डिप्रोक्स लघुवित्त लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

२८ भाद्र २०७८, सोमबार ०७:३८

काठमाडौं । डिप्रोक्स लघुवित्त लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । लघुवित्तको ३५ हजार कित्ताशेयरधनी विष्णु प्रसाद पाठकले विक्री गर्न चाहेको उक्त शेयर लिलामीमा ल्याएको शेयरमा आज बैंकिग अवधिसम्म आवेदन दिन पाउनेछन् ।उक्त शेयरको न्युनतम प्रतिकित्ता ६ सय ८५ रुपैयाँ तोकिएको शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित दिनुपर्ने हुन्छ ।

त्यस्तै, तोकिएको अवधिभित्र प्राप्त आवेदन सोमवार ४ बज लघुवित्तकोे विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडको पुतलिसडक, काठमाडौंमा खोलिने कार्यक्रम रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*