सुन तोलामा ५ सय रुपैयाँले बढ्दा चाँदी स्थिर

१९ आश्विन २०७८, मंगलवार ११:४४

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ । हिजो सुन स्थिर रहेको सुन आज भने बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ३ सय रुपैयाँ र तेजावि सुनको मूल्य प्रतितोला ८९ हजार ८५० सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो भने छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार ८ सय रुपैयाँ र तेजावि सुन प्रतितोला ८९ हजार ३५० रुपैयाँ कायम गरिएको थियो ।
त्यस्तै, सोमबार पनि स्थिर हँुदै प्रतितोला १ हजार रुपैया १६० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि स्थिर रहदैं सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*