दशैं तिहारमा घुम्न जाँदै हुनुहुन्छ ? यात्रा बीमा गरेर पो निस्कने हो कि ?

२९ आश्विन २०७८, शुक्रबार ०८:३४

काठमाडौं । । चाडपर्वमा स्वदेश र विदेशमा नेपालीहरुको देश विदेश घुमफिर गर्ने पुरानो चलन नै छ । नेपालीहरुको महान चार्ड दशै, तिहार, छठ पर्वको अवसरमा कार्यालय पनि लामो समयसम्म बिदा हुने हुँदा आफन्त र साथीभाईहरुसँग घुमफिर गर्ने चलन रहेको छ।वर्षदिनमा आउने यी चाडहरुलाई नेपालीहरुले धुमधामका साथ मनाउने गर्छन् । दशैं र तिहारको बीचमा बिदा मिलाएर घुमफिर गर्ने प्रचलन बढ्दैछ ।यात्रालाई मानिसको जीवनको सबैभन्दा ठूलो सिकाई र भोगाईको रुपमा लिईन्छ ।

यात्राबाट नयाँ गन्तव्य, परिवेशको जानकारी मात्रै हैन् त्यहाँको रहन, सहन, जीवनशैली, सँस्कृति, परम्परा पनि अनुभव गर्ने मौका मिल्छ । व्यस्त दैनिकीबाट केही दिन फरक परिवेशमा रमाउँदा धेरै कुरा सिक्ने अवसरका साथै आनन्दको अनुभूति पनि गर्न पाईन्छ ।
तर, यात्रा जति आनन्दमय र रमाईलो हुन्छ नी उत्ति नै दुखदायी पनि नहोला भन्न सकिदैन् । बिषेश गरी विदेश यात्रा गर्दा कहिले काँही विरामी हुने, बाटोमा सामान हराउने, चोरी हुने, पासपोर्ट हराउँने लगायतका समस्या आईपर्न सक्छ । जसले तपाई हाम्रोे यात्रालाई निराशजनक बनाउँन सक्छ । यात्रा गर्नु अघि देखेका हाम्रा सपनाहरु यत्ति कै अर्थहिन नहोलान् भन्न सकिदैँन् ।

यदि यात्रा गर्दा तपाई हामीले बीमा गर्यौँ भने तपाई हाम्रो यात्रा सुरक्षित हुन सक्छ । बैलैमा सोचेर वैदेशिक भ्रमणका लागि निस्किनु भन्दा अगावै बीमा कम्पनीहरुमा गएर यात्रा बीमाका बारेमा बुझि यात्रा बीमा गर्नु जरुरी हुन्छ । बिदेशी भुमिमा बिरामी हुँदा उपचार खर्च महंगो हुन्छ । जुन तपाई हाम्रो लागि खर्चिलो हुनका साथै आर्थिक भार पनि पर्न जान्छ । त्यसैगरी सामान हराउँदा पनि समस्या पर्न सक्छ । त्यस्तो समयमा यस यात्रा बीमाले तपाईको सुरक्षा गर्छ ।

यात्रा बीमा किन आवश्यक र कसरी गर्न सकिन्छ ?

यात्राका बेलामा आईपरेका विभिन्न समस्याहरु समाधान गर्न यात्रा बीमाले मद्दत गर्दछ । यात्रा अवधिमा बिरामि भएमा औषधि उपचार खर्च पनि यात्रा बीमाले व्योहोर्छ । विदेश यात्रा गर्दा पासपोर्ट वा लगेज हराएमा चोरी भएमा पनि यात्रा बीमाले क्षतिपुर्ति प्रदान गर्छ । प्राकृतिक तथा आतंकवादी गतिविधिले यात्रा स्थगित भएमा वा यात्राको अवधि लम्बिदा थपिने आर्थिक भार पनि यात्रा बीमाले तिर्न मद्धत गर्छ । कतिपय मुलुकमा यात्रा बीमा विना सो देश प्रवेश गर्न पाईदैन । तर, केही देशहरुमा भने यसलाई अनिवार्य गरिएको छैन । तर, तपाईले अनिवार्य नभएको मुलुकमा जादाँ पनि बीमा गर्नु भयो भने यात्रामा आउने विभिन्न खालका समस्या भोग्नु पर्दैन ।

उमेर, घुम्न जाने मुलुक, यात्रा अवधि अनुसार बीमाशुल्क भुक्तानी गरेपछि यात्रा बीमा योजना खरिद गर्न सकिन्छ । नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरुबाट यात्रा बीमा योजना खरिद गर्न सकिन्छ । कुनै पनि कम्पनीको पाईक पर्ने शाखामा गएर खरिद गर्न सकिन्छ । तपाईको बीमा योजनाले तपाईको यात्रा अवधिभर हुने जोखिमलाई ग्रहण गर्छ ।पछिल्लो समय अनलाईन मार्फत नै बीमा गर्ने प्रचलन बढ्दै गईरहेको छ । यदि तपाईहरुपनि यात्रा बीमा गर्दै हुनुहुन्छ भने अनलाईन मार्फत नै बीमा पोलिसी खरिद गर्न सक्नुहुन्छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*