प्रथम त्रैमासमा जीवन बीमकको खुद बीमाशुल्क आर्जन ५७ अर्बः नेपाल लाइफ अग्रस्थानमा, आइएमईको उच्च वृद्धि

३० कार्तिक २०८३, सोमबार १३:४६

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्म जीवन बीमा कम्पनीहरूले ५७ अर्ब रुपैयाँभन्दा बढी खुद बीमाशुल्क आर्जन गरेका छन्। गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिको तुलनामा जीवन बीमा कम्पनीहरूको खुद बीमाशुल्क आर्जन १६.८१ प्रतिशतले बढेको हो।

वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म १४ जीवन बीमा कम्पनीले कुल ५७ अर्ब १४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेका छन्। गत आर्थिक वर्षको सोही अवधिमा यी कम्पनीले ४८ अर्ब ७९ करोड ९३ लाख रुपैयाँ यस्तो बीमाशुल्क आर्जन गरेका थिए। यसरी एक वर्षको अवधिमा कम्पनीहरूको खुद बीमाशुल्क आर्जन ८ अर्ब २० करोड रुपैयाँभन्दा बढीले वृद्धि भएको देखिन्छ।

खुद बीमाशुल्क आर्जनका आधारमा नेपाल लाइफ इन्स्योरेन्स सबैभन्दा अगाडि देखिएको छ। कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म १४ अर्ब ७१ करोड ६४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १३ अर्ब ३६ करोड ९२ लाख रुपैयाँ आर्जन गरेको थियो। यस आधारमा नेपाल लाइफको खुद बीमाशुल्क आर्जन १०.०८ प्रतिशतले बढेको छ।

त्यस्तै नेशनल लाइफ इन्स्योरेन्सले ७ अर्ब १९ करोड ५६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्दै दोस्रो स्थान कायम गरेको छ। गत वर्षको सोही अवधिमा कम्पनीले ५ अर्ब ५२ करोड ९४ लाख रुपैयाँ आर्जन गरेको थियो। कम्पनीको खुद बीमाशुल्क आर्जन ३०.१३ प्रतिशतले बढेको छ।

तेस्रो स्थानमा रहेको एलआईसी नेपालले ५ अर्ब ४३ करोड ७३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत वर्षको पहिलो त्रैमाससम्म कम्पनीको यस्तो आर्जन ४ अर्ब ९६ करोड २९ लाख रुपैयाँ थियो। यस अवधिमा कम्पनीको बीमाशुल्क आर्जन ९.५६ प्रतिशतले वृद्धि भएको छ।

हिमालयन लाइफले ५ अर्ब ३ करोड ६१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ भने सरकारी स्वामित्वको जीवन बीमा कम्पनी राष्ट्रिय जीवन बीमा कम्पनीले ४ अर्ब ८१ करोड ९० लाख रुपैयाँ आर्जन गरेको छ। यी दुई कम्पनीको खुद बीमाशुल्क आर्जन क्रमशः १६.४२ र ६.९८ प्रतिशतले बढेको छ।

सूर्यज्योति लाइफले ३ अर्ब ५४ करोड ८ लाख, एशियन लाइफले २ अर्ब ७७ करोड २२ लाख र सिटिजन लाइफले २ अर्ब ४८ करोड ४० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेका छन्। गत वर्षको सोही अवधिको तुलनामा यी कम्पनीको आर्जन क्रमशः २१.२८, २१.३८ र १६.८२ प्रतिशतले बढेको छ।

त्यस्तै सानिमा रिलायन्स लाइफले २ अर्ब १९ करोड ४२ लाख, आईएमई लाइफले २ अर्ब १८ करोड ८५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेका छन्। प्रभु महालक्ष्मी लाइफले १ अर्ब ८१ करोड ६ लाख, मेटलाइफले १ अर्ब ७८ करोड ९३ लाख र रिलायबल नेपाल लाइफले १ अर्ब ७७ करोड ४ लाख रुपैयाँ यस्तो बीमाशुल्क आर्जन गरेका छन्।

खुद बीमाशुल्क आर्जनको वृद्धिदरका आधारमा भने आईएमई लाइफ सबैभन्दा अगाडि देखिएको छ। कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२.४५ प्रतिशतको वृद्धि हासिल गरेको छ। त्यसपछि प्रभु महालक्ष्मी लाइफको ३०.३० प्रतिशत र नेशनल लाइफको ३०.१३ प्रतिशत वृद्धि रहेको छ।

यता सबैभन्दा कम खुद बीमाशुल्क आर्जन गर्ने कम्पनीमा सन नेपाल लाइफ रहेको छ। कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म १ अर्ब २४ करोड ६४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत वर्षको सोही अवधिमा कम्पनीको यस्तो आर्जन १ अर्ब ४ करोड १४ लाख रुपैयाँ थियो। यसअनुसार कम्पनीको बीमाशुल्क आर्जन १९.६८ प्रतिशतले बढेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*