लोकसेवा आयोगले दशैंको बिदामा पनि कुन–कुन तहका लागि खुलायो जागिर ?

२८ आश्विन २०७८, बिहीबार १७:४१

काठमाडौं । हिन्दुहरुको महान् चाडको अवसरमा पनि दशैंको लोकसेवा आयोगले जागिर खुलाएको छ । आयोगले नवौं र ११ औं तहका लागि २ सय २७ जना कर्मचारी माग गरेको छ ।आयोगले राजपत्रांकित प्रथम र द्वितीय श्रेणी (अप्राविधिक÷प्राविधिक) तथा स्वास्थ्य सेवाका ११ औं र नवौं तहको पदको आ.प्र, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन गरेको छ ।

कात्तिक १६ गतेसम्म र दोब्बर दस्तुर तिरेर २३ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन अनलाइनबाट दिन सकिने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*