सुनको मूल्य स्थिर हुँदा चाँदी तोलामा १० रुपैयाँले घट्यो
५ कार्तिक २०७८, शुक्रबार १२:४२

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदी तोलामा १० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार बजारमा बिहिबार छापावाला सुनको मूुल्य प्रतितोला ९१ हजार ७ सय रुपैयाँ र तेजाबि सुनको मूल्य प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएकोमा आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज सुनको मूल्य स्थिर रहदा चाँदी भने घटेको छ । बिहिबार प्रतितोेला १ हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार भने प्रतितोला १० रुपैयाँले घटेर १ हजार २५० रुपैयाँमा कायम गरिएको महासंघले जनाएको छ ।