पछिल्लो २४ घण्टामा ७०८ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु

५ कार्तिक २०७८, शुक्रबार १६:३०

काठमाडौं । पछिल्लो २४ घण्टामा ७०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २५३ जनाको पीसीआर परिक्षण गर्दा ५७४ जना र २ हजार १२३ जनाको एन्टीजेन परीक्षण गर्दा १३४ जनामा संक्रमण पुुष्टि भएको हो ।

त्यस्तै सोही अवधिमा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ९३२ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर १० हजार ९४६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*