हिमालयन बैंकको वार्षिक साधारण सभा पुस ३० गते, बुकक्लोज कहिले ?

११ पुष २०७८, आईतवार ११:२६

काठमाडौं । हिमालयन बैंक लिमिटेडले २९औं वार्षिक साधारण सभा पुस ३० गतेका लागि बोलाएको छ । सभा बिहान ११ बजे कम्पनीको केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा भर्चुअल माध्यमबाट बस्ने गरी आव्हान गरेको हो ।

उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २१ दशमलव ३८ प्रतिशत बोनस शेयर कर प्रयोजनका लागि ४ दशमलव ६२ प्रतिशत नगद लाभांश गरी २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाको अन्य प्रस्तावमा नेपाल इन्भेष्टमेन्ट बैंकसँगको मर्जर पश्चात हिमालयन एण्ड नेपाल इन्भेष्टमेण्ट बैंक नामाकरण गरी एकीकृत कारोबार गर्ने कार्यलाई स्वीकृत प्रदान गर्ने, मर्जर कार्य गर्नका लागि नियमनकारी निकायबाट स्वीकृति लिने, कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने, कम्पनीको अधिकृत पूँजी वृद्धि गर्ने कार्यसूचि रहेको छ ।

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस ११ गतेदेखि पुस ३० गतेसम्म बुक क्लोज गर्ने भएको हुँदा पुस ९ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*