एनसीसी बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

११ पुष २०७८, आईतवार ११:३२

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि पुस १२ गते एक दिन बुक क्लोज गर्न भएकाले पुस ११ गते अर्थात् आजसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्तापूँजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश गरी वर्षका लागि कुल ८ दशमलव ४२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव पारितका लागि बैंकले २४ औं वार्षिक साधारण सभा पुस २९ गते बैंकको केन्द्रिय कार्यालय नजिकै रहेको होटल हार्दिक बागबजार, काठमाडौंमा विहान ११ बजे भर्चुअल माध्यमबाट बस्नेगरी आव्हान गरेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*