नेरुडे लघुवित्तको संचालकमा सुधिर श्रेष्ठ र बलराम बराल निर्वाचित

११ पुष २०७८, आईतवार १६:११

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले नयाँ संचालक नियुक्त गरेको छ । कम्पनीको पुष १० गते सम्पन्न १५ औं वार्षिक साधारण सभाले दुईजना संचालक निर्विरोध निर्वाचित गरेको हो ।

कम्पनीको सर्वसाधारण समूहतर्फबाट प्रतिनिधित्व गर्न सुधिर कुमार श्रेष्ठ र बलराम बराललाई संचालक समितिमा निर्विरोध निर्वाचित गरेको हो ।

साथै कम्पनीको सोही सभाबाट आर्थिक वर्ष २०७८।०७९ को लेखापरीक्षणको कार्य गर्न लेखापरीक्षकमा एम तिवारी एण्ड एसोसियटस्, चार्टर्ड अकाउन्टेन्टसका मुरलीधर तिवारीलाई पुनः नियुक्त भएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*