सर्पोट लघुवित्तको संचालकमा भूपाल मिश्र निर्वाचित

१२ पुष २०७८, सोमबार ११:००

काठमाडौं । सर्पोट लघुवित्त वित्तीय संस्था लिमिटेडले संचालक नियुक्त गरेको छ । कम्पनीको पुष १० गते सम्पन्न सातौं वार्षिक साधारण सभाले सर्वसाधारण समूह तर्फबाट एकजना संचालक निर्वाचित गरेको हो ।

कम्पनीले रिक्त रहेको सर्वसाधारण शेयरधनी तर्फको संचालक पदमा रतुमाई नगरपालिका वडा नं. ६ (हाल विराटनगर महानगरपालिका, वडा नं. ११) बसोबार गर्ने भूपाल मिश्रलाई निर्विरोध निर्वाचित गरेको हो ।

साथै सोही सभाले आर्थिक वर्ष २०७८।०७९ को लागि बाह्य लेखापरीक्षकमा किञ्जल एण्ड एसोसियट्स चार्टर्ड एकाउन्टेन्स्लाई नियुक्त गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*