सिटिजन्स बैंकको ८९ औं शाखा रहित बैंकिङ सेवा जर्गाहामा

१२ पुष २०७८, सोमबार १७:०२

काठमाडौं । सिटिजन्स बैंकको थप एक शाखा रहित बैंकिङ सेवा बिस्तार गरेको छ । बैंकले नवलपरासीको सुनवल नगरपालिका जर्गाहामा ८९ औं शाखा रहित बैंकिङ सेवा शुभारम्भ गरेको हो ।
उक्त शाखा रहित बैंकिङ सेवा संचालनका लागि स्थानिय ब्यवसायी लक्ष्मण आचार्यलाई ब्यवसायिक प्रतिनिधि नियुक्ति गरिएको हो । बिस्तारित शाखा रहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी जस्ता सेवा प्रदान गर्नेछ ।

थप एक शाखा रहित बैंकिङ सेवा बिस्तार गरेसँगै हाल देशभर बैंकले ८९ वटा शाखा रहित बैंकिङ, १७४ वटा शाखा कार्यालय र १२३ वटा एटिएमबाट बैंकिङ सेवा दिदै आइरहेको छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*