मेगा बैंकद्धारा केवाइसी अद्यावधिक गराउन अनुरोध

१३ पुष २०७८, मंगलवार ११:५९

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकहरुलाई पहिचान विवरण (केवाइसी) अद्यावधिक गराउन आग्रह गरेको छ ।

बैंकका सम्पूर्ण ग्राहकहरुले ग्राहक पहिचान विवरण अनिवार्य रुपमा अद्यावधिक गराउनु पर्ने भएकाले आवश्यक कागजात संकलन गरी बैंकको शाखा कार्यालयमा गई अद्यावधिक गराउन बैंकले अनुरोध गरेको हो ।

साथै समयमै ग्राहक पहिचान सम्बन्धी विवरण अद्यावधिक नगरेको खण्डमा खाता संचालन रोक्का हुने बैंकले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*