एभेरेष्ट बैंकको मोबाइल बैंकिङ्ग ४ घण्टा नचल्ने, यस्तो छ कारण

१३ पुष २०७८, मंगलवार १२:१३

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको मोबाइल बैकिंग आज बेलुका ८ बजेदेखि ४ घण्टाका लागि नचल्ने भएको छ ।

बैंकले हाल प्रयोग गरिरहेको इबीएल टच २४ मोबाइल बैकिंग सेवालाई परिमार्जित गरी आफ्ना ग्राहकलाई सहज, सुलभ तथा अत्याधुनिक प्रविधि सहित थप सुविधा प्रदान गर्ने उद्देश्यले उक्त सेवालाई इबीएल ओम्नी च्यानल प्रणालीमा स्तरोन्नती गर्न लागेकाले मोबाइल बैंकिंग सेवामा अवरुद्ध आउने बैंकले जनाएको छ ।

बैंकले सो प्रयोजनका लागि पुष १३ गते अर्थात् आज बेलुका ८ बजेदेखि १२ बजेसम्म ४ घण्टा अवधिको लागि मोबाइल बैंकिङ्ग सेवा अवरुद्ध हुने जानकारी गराएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*