मिर्मिरे लघुवित्तमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

१४ पुष २०७८, बुधबार १०:४४

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै दुई पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

कम्पनीले कनिष्ठ अधिकृत (शाखा प्रमुख।कलष्टरप्रमुख) मा ३ जना र सुपरभाइजर (शाखा प्रमुख।कलष्टर प्रमुख) मा ५ जना गरी कुल ८ जना कर्मचारी माग गरेको हो । सो पदका लागि कम्पनीले प्लस टु उत्तीर्ण देखि स्नातक तहसम्म उत्तीर्ण हुनुपर्ने जनाएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले पुष २८ गतेसम्म ५०० रुपैयाँ भौचर तिरेर कम्पनीको वेबसाइट https://www.mirmirebank.com.np/career मार्फत आवेदन दिन सक्नेछन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*