भारतको कुल गार्हस्थ उत्पादन आगामी दुई बर्षसम्म पनि वृद्धि हुने, यस्तो छ प्रक्षेपण

१४ पुष २०७८, बुधबार १४:२८

काठमाडौं । भारतको कुल गार्हस्थ उत्पादन आगामी दुई बर्षसम्म पनि वृद्धि हुने एक अध्ययनले देखाएको छ । सन् २०२३ मा अर्थतन्त्रका सूचकहरु थप मजबुत हुने उक्त रिर्पोटले देखाएको छ ।

आगामी दुई वर्षसम्म निरन्तर ९प्रतिशतले वृद्धि हुने एक अध्ययनले प्रक्षेपण गरेको छ । भारतीय क्रेडिट रेटिङ एजेन्सी इक्राको रिपोर्ट अनुसार कोरोनाको ओमिक्रोन भेरियन्ट केही चिन्ताको विषय भए पनि भारतीय अर्थतन्त्रको वृद्धि सन् २०२२ का साथै २०२३ मा पनि ९ प्रतिशत कायम रहने छ ।

इक्राकी प्रमुख अर्थशास्त्री अदिति नायरका अनुसार सन् २०२२ को मार्च महिनासम्म कोभिड विरुद्ध दोस्रो पटक खोप लगाएका भारतीय नागरिकको संख्या ८५ प्रतिशत पुग्नेछ । जुन भारतीय अर्थतन्त्रका लागि सकारात्मक हुने अनुमान गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*