४० प्रतिशत लाभांश पारित सहित सिडिएस एण्ड क्लियरिङको साधारण सभा सम्पन्न
काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ११ वार्षिक साधारण पुतलीसडक स्थित शेयर मार्केट्स कमर्सियल कम्प्लेक्सको चौथो तलामा सम्पन्न भएको छ ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै, उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०७८।०७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण कार्य सूची समेत पारित गरेको छ ।