३२ शाखा उद्घाटन गर्दै मुक्तिनाथ विकास बैंक १६औं वर्षमा प्रवेश

२० पुष २०७८, मंगलवार ११:५१

काठमाडौं । मुक्तिनाथ विकास बैंकले डिजिटल माध्यमद्धारा एकैसाथ ३२ शाखाको केन्द्रिय कार्यालयबाटै उद्धाटन गरेको छ । बंकले १५औं वर्ष पूरा गरी १६ औं वर्षमा प्रवेश गरेको अवसरमा उक्त शाखा कार्यालयको उद्धाटन गरेको हो ।

बैंकले प्रदेश १ मा ४, प्रदेश २ मा ३, बागमती प्रदेशमा १३, गण्डकी प्रदेशमा २, लुम्बिनी प्रदेशमा ५ र सुदूरपश्चिम प्रदेशमा २ वटा शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।

बैंकका अध्यक्ष भरतराज ढकालले डिजिटल माध्यमबाट उक्त शाखाहरु उद्धाटन गरेका हुन् । उक्त उद्धाटन कार्यक्रममा बैंकका वर्तमान सञ्चालक, पूर्वसञ्चालक, संस्थापक शेयरधनी तथा बैंकका उच्च पदाधिकारी, शाखा प्रबन्धकको उपस्थिति रहेको थियो ।

साथै सोही अवसरमा बैंकले ७ वटै प्रदेशका क्षेत्रीय तथा शाखामा विभिन्न सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम गरेको छ ।

बैंकले विद्यालयमा स्टेसनरी सामग्री तथा फर्निचर वितरण, विभिन्न अनाथालय तथा वृद्धाश्रममा खाद्यान्न तथा लत्ताकपडा वितरण, विभिन्न ठाउँमा डस्बिन वितरण, वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ साक्षरताका कार्यक्रम, विद्यार्थीलाई न्याना कपडा, स्कुल ब्याग वितरण, विद्यालयका पुस्तकालयलाई बस्ने कुर्सी सहयोग र विभिन्न संस्थालाई आर्थिक सहयोग गरेको छ ।

त्यस्तै, बैंकले सो अवसरमा केन्द्रीय कार्यालय कमलादी काठमाडौं र पोखरा क्षेत्रीय कार्यालयमा बृहत रक्तदान आयोजना गरेको छ । उक्त कार्यक्रमबाट २०२ पोका रगत संकलन भएको बैंकले बताएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*