विजय लघुवित्तको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित
विजय लघुवित्तको साधारणसभा सम्पन्न भएको छ । सभाले २१।०९ प्रतिशत लाभांश पारित भएको छ । लघुवित्तको ९ औं वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरेको हो ।
सभाले लघवित्तको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हाल कायम भएको चुक्ता पूँजीको २०।०३ प्रतिशत बोनस शेयर तथा १।०६ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।
संस्थाका अध्यक्ष कपिल न्यौपानेको अध्यक्षतामा सम्पन्न उक्त सभाले वित्तीय संस्थाको आ।व। २०७७र०७८ को संचालक समितिको प्रतिवेदन, २०७८ असाढ मसान्तको वासलात तथा सोहि मितिमा समाप्त आ।व।२०७७र०७८ को नाफा नोक्सान हिसाब , सोहि अवधिको नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु पारित गरिएको छ ।