प्रिमियर इन्स्योरेन्स कम्पनीको लाभांश संसोधन, दोब्बरले बढ्यो बोनस शेयर

२९ पुष २०७८, बिहीबार ११:२८

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले २८ औं वार्षिक साधारण सभा माघ २१ गतेका लागि बोलाएको छ । पुस २८ गते बसेको संचालक समितिको बैठकले सभा कम्पनीको भवन नक्साल काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।यसअघि कम्पनीले ७।५५ बोनस सेयर र ७।७५५ नगद लाभांश दिने घोषणा गरेको थियो । कम्पनीले बिमा समितिको निर्देशन अनुसार लाभांशको दर परिमार्जन गरेको जनाएको छ । यसआधारमा बोनस सेयर बढेको छ ।

साथै उक्त सभाले गत आर्थिक वर्षका वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्ने कार्यसूचि रहेको छ । यी प्रस्तावसँगै कम्पनीले कम्पनीको नियमावली संशोधन र निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग मर्जर वा प्राप्ति गर्ने विषय तथा कम्पनी मर्जर तथा प्राप्ति प्रकृयामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले माघ ५ गतेदेखि माघ २१ गतेसम्म बुक क्लोज गर्ने भएकाले पुस ४ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*