प्रभु इन्स्योरेन्सद्धारा लाभांश प्रस्ताव, बोनस र नगद कति?

३० पुष २०७८, शुक्रबार ११:२९

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण प्रस्ताव गरेको हो ।

कम्पनीको पुष २९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७।०७८ को संचित मुनाफाबाट चुक्तापूँजी १ अर्ब १६ करोडको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ५८ प्रतिशत नगद लाभांश गरी कुल ११.५८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

उक्त लाभांश नियमक निकाय बीमा समितिबाट स्वीकृत प्राप्त भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ । बीमा समितिले चालु आवदेखि निर्जीबन बीमा तथा जीवन बीमा कम्पनीहरुलाई नगद लाभांश वितरण नगर्न निर्देशन दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*