६ प्रतिशत लाभांश पारित गर्दै सेञ्चुरी बैंकको साधारण सभा सम्पन्न

३० पुष २०७८, शुक्रबार १६:५९

काठमाडौं । सेञ्चुरी बैंकले ११ औं वार्षिक साधारण सभा पुस ३० गते बिहान ११ बजे आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौं र भर्चुअल माध्यमबाट पनि सम्पन्न भएको छ

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५ दशमलव ७५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३० प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

बैंकले संस्थापक तर्फको हाल कायम शेयर स्वामित्वमध्ये २ दशमलव ४१ प्रतिशत घटाउने भएको छ । बैंकले हाल कायम ५३ दशमलव ४१ प्रतिशत संस्थापक तर्फको शेयर स्वामित्व घटाएर ५१ प्रतिशत कायम गर्न प्रस्ताव पारित गरेको छ ।

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस १९ गते एक दिनका लागि बुक क्लोज गरेको हुदाँ पुस १८ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*