सेञ्चुरी क्यापिटल मार्केट्सको सिईओमा रमेश कुमार श्रेष्ठ नियुक्त

३० पुष २०७८, शुक्रबार १७:०८

काठमाडौं । सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रमेश कुमार श्रेष्ठ नियुक्त भएको छ । सेञ्चुरी बैकको सहायक कम्पनी सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडमा २०७८ माघ २ गतेदेखि श्रेष्ठले पदभार ग्रहण गर्नेछन् ।

श्री रमेश कुमार श्रेष्ठ यस अघि बैंकको प्रमुख बजार अधिकृतका रुपमा कार्यरत थिए । वाणिज्य शास्त्रमा स्नातकोत्तर गर्नु भएका उहाँले हिमालयन बैंक, सिद्धार्थ बैंक र सेञ्चुरी बैंकमा विभिन्न पदमा रहि बैकिङ्ग क्षेत्रमा २० वर्षभन्दा बढीको अनुभव हासिल गर्नु भएको छ । उहाँ संचालन, व्यवस्थापन तथा व्यवसाय प्रर्वद्धनमा विशेष दख्खल राख्ने एक अनुभवी तथा कुशल व्यवस्थापकको रुपमा चिनिनु हुन्छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*