नबिल बैंकको बार्षिक साधारण सभा सम्पन्न, संचालक समितिको अध्यक्षमा पुनः उपेन्द्र प्रसाद पौडेल चयन

३० पुष २०७८, शुक्रबार १७:५४

काठमाडौं । नबिल बैंकको केन्द्रिय कार्यालय, तिनधारा, दरवारमार्ग, काठमाडौंमा बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलको अध्यक्षतामा बैंकको ३७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले अन्य विषयका अतिरिक्त आर्थिक वर्र्ष २०७७/७८ को मुनाफाबाट ३८प्रतिशत  लाभांश (३३.६०५ वोनस शेयर र ४.४०५ नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

आ.व. २०७७/७८ मा निजी क्षेत्रका बैंकहरुमध्ये उच्चतम मुनाफा रु. ४ अर्ब ५३ करोड हासिल गर्न बैंक सफल भएको छ । बैंकले जेथामा प्रतिफल १५.१९ प्रतिशत र प्रति शेयर आम्दानी रु. ३३.५७ हासिल गरी वासलात विस्तार गर्दै रु. २ खर्ब ९१ अर्ब पु¥याएको छ । समीक्षा बर्षको मुनाफाबाट प्रस्तावित बोनस शेयर पश्चात बैंकको पुँजी रु. १८ अर्ब ४९ करोड ६१ लाख ८६ हजार ७ सय ४५ पुगेको छ ।

सभाले संयुक्त रुपमा लेखापरीक्षकमा पुनः नियुक्त गर्ने निर्णय गरेको छ । उक्त सभाले संस्थापक शेयरधनीबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक पद २ (दुई) का लागि  उदय कृष्ण उपाध्याय र एनबी (ईन्टरनेशनल) लि. लाई प्रतिनिधित्व गर्दै उपेन्द्र प्रसाद पौडेल लाई निर्बिरोध निर्वाचित गरेको थियो ।

साथै, आजै सम्पन्न बैंक संचालक समितिको ५८८ औं वैठकले संचालक समितिको अध्यक्षमा पुन श्री उपेन्द्र प्रसाद पौडेललाई चयन गरेको छ । श्री पौडेलज्यू मिति २०७४ मंसिर १५ देखि बैंक संचालक समिति एनबी (इन्टरेनशनल)लाई प्रतिनिधित्व गर्दै आउनुभएकोमा आजै सम्पन्न साधारणसभाबाट संस्थापक शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालकमा एनबी (इन्टरेनशनल)लाई प्रतिनिधित्व गर्दै निर्विरोध निर्वाचित भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*