पहिलो बिग मर्जर असफल, नौ महिनापछि टुट्यो हिमालयन र इन्मेष्टमेन्ट बैंकबीचको मर्जर

३० पुष २०७८, शुक्रबार २०:२६

काठमाडौं । नेपाल राष्ट्र बैंकले धेरै मेहनतपछि पहिलो पटक हुन लागेको बिग मर्जर असफल भएको छ । आज हिमालयन बैंकको २९ औं बार्षिक साधारणसभाले नेपाल इन्भेष्टमेन्टसँगको मर्जरलाई अस्वीकृत गरेसँगै केन्द्रीय बैंकको बिग मर्जर प्रक्रिया असफल भएको हो । साधारणासभामा १४ प्रतिशत सेयर रहेको कर्मचारी सञ्चय कोषले मर्जरको विपक्षमा मतदान गरेपछि भर्जर भाँडिएको हो ।

शुक्रबार भएको साधारणसभामा हिमालयन बैंकका बहुमत लगानीकर्ताहरुले मर्जरको विरुद्धमा मतदान गरेर मर्जर अस्वीकृत गरेका हुन् । कर्मचारी सञ्चय कोष यो प्रक्रियाको विपक्षमा थियो । जसका कारण मर्जर असफल भएको हो । सञ्चयकोषलाई अन्य प्रतिनिधिहरुले समेत साथ दिएकोले आजको साधारणसभाबाट मर्जर असफल बनाउन सम्भव भएको हो ।

सरकारी स्वामित्वको सञ्चयकोष, नेपालकै पहिलो गभर्नर हिमालय शम्सेर जबराको लगानी रहेको हिमालयन बैंक र पृथ्वी बहादुर पाण्डेसहितका लगानी भएको नेपाल इन्भेष्टमेन्ट बैंकबीचको मर्जर आजबाट औपचारिक रुपमा टुटेको छ । हिमालयन बैंकको बार्षिक साधारणसभाले मर्जर अस्वीकृत गरेसँगै नेपाल इन्भेष्टमेन्ट बैंकको यही माघ ४ गते हुने विशेष साधारणसभा समेत स्थगित हुँदैछ ।

केन्द्रीय बैंकले निकै ठूलो मेहनत गरेर नौ महिना अवधीमा गरेको मर्जर सम्बन्धी प्रक्रिया अब डिमर्जरमा टुंगिनेछ । नेपाली बैंकिङ इन्डष्ट्रिको चर्चित हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकबीचको बिग मर्जरले असफल भएसँगै आगामी दिनमा बिग मर्जरको भविष्यमाथि समेत प्रश्न चिन्ह उठेको छ ।

मर्जरमा जाने निर्णयसँगै कर्मचारी सञ्चय कोषले बैंकमा पठाएको प्रतिनिधि परिवर्तन गरेको थियो । हिमालयन बैंकका तत्कालीन प्रशासन तुल्सी प्रसाद गौतमले हिमालयन बैंकका सिईओ अशोक शम्सेर राणा र नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडे परिवारको आर्थिक प्रलोभनमा परेर हिमालयनलाई कौडीको भाउमा मर्जरमा लैजाने खेलको सुरुवात गरेको आरोप अन्य शेयरधनीहरुले लगाएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*