मुक्तिनाथ विकास बैंकद्धारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

२ माघ २०७८, आईतवार १३:४८

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । बैंकको कावासोती शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।

सो शाखाले नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती–३ मा रहेको श्री शहिद स्मृति माध्यमिक विद्यालयका जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरेको छ ।

बैंकले एक कार्यक्रम आयोजना गर्दै विद्यालयका अध्यक्ष गुरुप्रसाद अधिकारी र प्रधानध्यापक बिमल थापाको उपस्थितिमा उक्त शैक्षिक सामाग्री प्रदान गरेको हो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानाध्यापक थापाले मुक्तिनाथ विकास बैंकको कावासोती शाखालाई धन्यवाद ब्यक्त गरेका छन् । साथै सोही सामाग्रीले विद्यार्थीको शिक्षामा सहयोग पुग्ने थापाले बताए ।

कावासोती शाखाका प्रमुख सुवास सुवेदीले गिरुवारी ब्रान्च म्यानेजर प्रविन बस्याल र दलदले ब्रान्च म्यानेजर नारायण तिवारीको प्रमुख आतिथ्यतामा उक्त शैक्षिक सामाग्री हस्तान्तरण गरेको हो । बैंकले विगतमा यस्ता कार्यहरु गर्दै आएको र भविष्यमा सामाजिक उत्तरदायित्व अन्तर्गत अझै यस्ता कार्यको दायरालाई फराकिलो बनाउँदै जाने कावासोती शाखाका प्रमुख सुवेदीले बताए ।

बैंकले आफ्नो १६६ वटा शाखा कार्यालय र २२ एटिएमबाट ग्राहकहरुलाई बैकिङ्ग सेवा सुविधा दिदै आइरहेको छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*