एनआईसी एशिया लघुवित्तद्वारा बीमा दाबी रकम हस्तान्तरण

३ माघ २०७८, सोमबार १७:११

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेवाग्राही सदस्यको बीमा दाबी रकम हस्तान्तरण गरेको छ ।

कम्पनीको बेलबारी शाखाले आफ्नो शाखा कार्यालयमा आबद्ध सेवाग्राही, सदस्य स्व. चन्द्रकला राई र शानी धिमालको बीमा दाबी रकम निजको परिवारलाई हस्तान्तण गरेको हो ।

कम्पनीले एक कार्यक्रमको आयोजना गरी दुई सदस्य चन्द्रकलाको श्रीमान् गंगा बहादुर लिम्बु र शानीको श्रीमान् बन बहादुर धिमाललाई जनही १० लाख ५० हजार रुपैयाँ र १२ लाख ७५ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।

उक्त कार्यक्रममा बेलबारी शाखाका ब्रान्च म्यानेजरसहित संस्थाको कर्मचारीहरु, संस्थामा आवद्ध सदस्यहरु तथा परिवारजनको उपस्थिति रहेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*