लुम्बिनी विकास बैंकद्धारा २ नयाँ शाखा कार्यालय विस्तार

३ माघ २०७८, सोमबार १७:३२

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो थप नयाँ दुई शाखा कार्यालय विस्तार गरेको छ । बैंकले आफ्ना ग्राहकलाई बैकिङ्ग सेवा पुर्याउने उद्देश्यले आज दुई कार्यालय शुभारम्भ गरेको हो ।

बैंकले दाङ जिल्ला, तुल्सीपुर उप–महानगरपालिका वडा नं. ५ मा ७८औं शाखा र रुपन्देही जिल्ला बुटवल उप–महानगरपालिका वडा नं. ४ ट्राफिक चोकमा ७९औं शाखा कार्यालय संचालनमा ल्याएको हो ।

दुई नयाँ शाखा कार्यालय विस्तारसँगै बैंकले ७ वटै प्रदेशमा ७९ औं शाखाहरुमार्फत् पुष मसान्तसम्ममा ४२ अर्ब ३८ करोड निक्षेप संकलन गरि ३८ अर्ब ७३ करोड कर्जा लगानी गरेको छ ।

बैंकले ‘निरन्तरता सहयात्रा’ भन्ने नाराका साथ देशभरका ३१ वटा जिल्लामा ७९ शाखाहरु र १७ वटा एटिएमबाट ग्राहकलाई बैकिङ्ग सुविधा दिदै आइरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*