खुद ब्याज आम्दानी बढ्दा सांग्रिला विकास बैंकको मुनाफा ५८ प्रतिशतले बृद्धि, खराव कर्जा ह्वात्तै घट्यो

६ माघ २०७८, बिहीबार ०७:०२

काठमाडौं । चालु आवको दोस्रो त्रैमासिक अवधीमा ख बर्गको सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड मुनाफा ५८.८७ प्रतिशतले बृद्धि भएको छ । बैंकले चालु आवको दोस्रो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

दोस्रो त्रैमास सकिएको चार कार्यदिनभित्र वित्तिय विवरण सार्वजनिक गर्न सफल बैंकले पुस मसान्तसम्ममा बैंकले २६ करोड १८ लाख २२ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आवको समीक्षा अवधीमा जम्मा १६ करोड ४८ लाख रुपैयाँ मुनाफा गरेको बैंकले यस आवका्े छ महिनामा ५८.८७ प्रतिशतले बृद्धि गर्न सफल भएको हो ।

गत आवसँगको समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४६.८१ प्रतिशत बढेको छ भने खुद शुल्क तथा कमिशन आम्दानी १६.१८ प्रतिशत र सञ्चालन मुनाफा ६८.१६ प्रतिशत बढेको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार बैंकको निष्क्रिय कर्जा २.४३ प्रतिशतबाट घटेर १.१५ प्रतिशतमा झरेसँगै इम्पेरमेन्ट चार्ज ७४.७८ प्रतिशत घटेको छ । सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा १८ करोड ४ लाख रुपैयाँ रहेको छ।

नाफा बृद्धिसँगै बैंकको प्रतिशेयर आम्दानी अर्थात ईपीएस पनि १२ रुपैयाँ ४ पैसाबाट बढेर १७ रुपैयाँ ३९ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १५.९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ९७ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*