कुमारी बैंकको नाफामा उच्च गिरावट, इपिएस १२ रुपैयाँमा झर्यो

७ माघ २०७८, शुक्रबार ०७:५८

काठमाडौं । क बर्गको वित्तिय संस्था कुमारी बैंकको मुनाफपामा उच्च अंकको गिरावट आएको छ । बैंकले आज चालु आवको अर्धबार्षिक वित्तीय विवरण सार्वजनिक गर्दै मुनाफा उच्च अंकले घटेको हो ।

गत आवमा एक अर्ब २१ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ९५ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको मुनाफा गत आवको तुलनामा चालु आवको अर्धबार्षिक अवधीमा २१.७७ प्रतिशतले ह्रास आएको छ । खुद ब्याज आम्दानी ५.०३ प्रतिशतले बृद्धि भएपनि इम्पेरिमेन्ट चार्ज बढेको र गैर सञ्चालन आम्दानी घटेका कारण बैंकको नाफामा उच्च गिरावट आएको हो ।

बैंकको खुद फि तथा कमिशन आम्दानी १८.१५ प्रतिशत बढेको छ । समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा भने २१.३५ प्रतिशत घटेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ४ करोड १६ लाख रुपैयाँ रिभर्स भएको बैंकको इम्पेरिमेन्ट चार्ज चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३२ करोड २२ लाख रुपैयाँ पुगेको छ । जसले गर्दा मुनाफा उच्च अंकले घटेको हो । पुस मसान्तसम्को वित्तिय विवरण अनुसार बैंकको वितरण योग्य मुनाफा १३ करोड ८३ लाख रुपैयाँ रहेको छ ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी अर्थात ईपीएस पनि घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १७ रुपैयाँ ५३ पैसाबाट घटेर १२ रुपैयाँ ९४ पैसामा झरेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २०.९४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ८० पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*