नबिल बैंकको प्रतिशेयर आम्दानी ह्वात्तै घटेर २३ रुपैयाँमा सीमित, अन्य सूचांक कस्तो ?

७ माघ २०७८, शुक्रबार ०८:११

काठमाडौं । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको अर्धबार्षिक त्रैमासिक वित्तिय विवरण आज सार्वजनिक गरेको छ । अपरिष्कृत वित्तीय विवरणमा बैंकको खुद नाफा सामान्य बढेको छ । बैंकको व्यवस्थापन खर्च बृद्धि भएको, इम्पेयरमेन्ट चार्जमा भएको उच्च बृद्धिका कारण प्रतिशेयर आम्दानी ह्वात्तै घटेको छ ।

बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले २ अर्ब १८ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवमा जम्मा दुई अर्ब एक करोड रुपैयाँ खुद नाफा गरेकोमा चालु आवमा ८.२० प्रतिशतले बृद्धि भएको छ । बैंकको खुद ब्याज आम्दान ि३५ प्रतिशतले बृद्धि भएको छ । गत आवको तुलनामा बैंकहरुको ब्याजदरमा उच्च बृद्धिद्ध भएकोले आम्दानी बृद्धि भएको हो । बैंकको ब्याजदर आमदानी बढेसँगै सञ्चालन आम्दानी समेत २९.१४ प्रतिशतले बढेर पाँच अर्ब ६४ करोड ३६ लाख पुगेको छ ।

गत आर्थिक वर्षमा बैंकले १३ करोड ९१ लाख रुपैयाँ रिभर्स अवस्थामा रहेको बैंकको इम्पेरमेन्ट चार्ज चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ४० करोड १७ लाख रुपैयाँ पुगेका कारण मुनाफा अझै तल खुम्चिएको हो । सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४५ करोड ८ लाख रुपैयाँ रहेको छ।

नाफा सामान्य बढेपनि बैंकको प्रतिशेयर आम्दानी अर्थात ईपीएस भने ६.४० रुपैयाँले घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २९ रुपैयाँ ९९ पैसाबाट घटेर २३ रुपैयाँ ५९ पैसामा झरेको हो । यस अवधीमा बैंकले वितरण गरेको बोनस शेयरका कारण शेयर संख्या बृद्धि हुन गई प्रतिशेयर आम्दानी घटेको हो । बैंकले गत आवको सञ्चालन मुनाफाबाट ३३ प्रतिशते बोनस शेयर दिएको थियो । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ४७.०६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८४ रुपैयाँ २८ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*