वित्तिय विवरणमा देखिएन नेपाल बंगलादेश बैंकको चमक, खराव कर्जा घट्यो

७ माघ २०७८, शुक्रबार ०९:०५

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण आज सार्वजनिक गरेको छ । बैंकको मुख्य साझेदार आईएफआईसी बैंकले ४१ प्रतिशत शेयर हिस्सा बिक्री गर्ने निर्णय गरेको अवस्थामा अधिकांश सूचक सकारात्मक देखिएको छैन । यद्यपि बैंकको खराव कर्जा भने घटेको छ । गत आवमा २.३७ प्रतिशत रहेको अनियमित ऋण अहिले १.७४ मा झरेको छ । खराव कर्जा तल झरेको परिदृष्यले बैंक व्यवस्थापन सुधारको पक्षमा काम गरिरहेको देखाएको छ ।

गत आवको समीक्षा अवधीमा ९४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ८१ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको तुलनामा बैंकको मुनाफा १३.८२ प्रतिशतले घटेको छ ।

खुद ब्याज आम्दानी बृद्धि हुन नसकेको, बैंकबाट निक्षेप घटेकोले बैंकको मुनाफा घटेको हो । त्यस्तै, इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको नाफा घट्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.१८ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १३.७८ प्रतिशत बढेको छ ।

बैंकको वितरण योग्य मुनाफा ४९ करोड ३२ लाख रुपैयाँ रहेको छ । नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानी अर्थात ईपीएस पनि घटेको छ । गत आवको पुस मसान्तसम्ममा २२ रुपैयाँ १६ पैसा रहेको प्रतिशेयर आम्दानी यस वर्ष घटेर १६ रुपैयाँ ९ पैसामा झरेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २४.८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५७ रुपैयाँ १८ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*