नेपाल इन्भेस्टमेष्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक

७ माघ २०७८, शुक्रबार १२:५६

काठमाडौं । नेपाल इन्भेस्टमेष्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले १ अर्ब ६२ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गर्न सफल भएको छ। गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ५८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा बैंकले खुद नाफा २.३७ प्रतिशतले बढाउन सफल भएको हो। यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २५ करोड ५७ लाख रुपैयाँ रहेको छ।

बैंकको सञ्चालन मुनाफा ३.६२ प्रतिशतले बढेर २ अर्ब ४० करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ। गत वर्ष यही अवधिसम्म यस्तो मुनाफा २ अर्ब ३३ करोड रुपैयाँ थियो।समीक्षा अवधिसम्म बैंकको खुद ब्याज आम्दानी घटेर २ अर्ब ४० करोड रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी २ अर्ब ९८ करोड रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा बैंकको रिजर्भको आकार ०.३० प्रतिशतले घटेर १४ अर्ब ९ करोड रुपैयाँमा खुम्चिएको छ। गत वर्ष यही अवधिसम्म रिजर्भमा १४ अर्ब १३ करोड रुपैयाँ रहेको थियो।

बैंकले यो अवधिसम्म १ खर्ब ७३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६५ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ।गत वर्ष यही अवधिसम्म पनि बैंकले १ खर्ब ७४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ५६ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो । सीडी रेसियो ९५.६९ प्रतिशत रहेको बैंकको आधार दर ७.२१ प्रतिशत रहेको छ ।

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) घटेर १७.७४ रुपैयाँमा झरेको छ। गत वर्ष यही अवधिमा ईपीएस १९.७१ रुपैयाँ रहेको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*