बैंक अफ काठमाण्डू र मेडिप्लसबीच बिशेष छुट सम्बन्धी सम्झौता

७ माघ २०७८, शुक्रबार १३:३८

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र मेडिप्लस अस्पताल तथा ट्रमा सेन्टरबीच विशेष छुट सम्बन्धी सम्झौता भएको छ ।

बैंकका ग्राहकहरुले डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरि भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट पाउने गरी दुईपक्षबीच समझदारी भएको हो ।
सम्झौतापश्चात अब बैंकका ग्राहकहरुले ट्रमा सेन्टरले दिने स्वास्थ्य सेवामा १० छुट पाउनेछन् ।

मेडिप्लस अस्पताल तथा ट्रमा सेन्टरले कास्की जिल्लाबाट सेवा सुविधा दिदै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*