श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सका संचालक स्यामसन ज.ब.राणाद्धारा राजिनामा

७ माघ २०७८, शुक्रबार १३:४७

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडका संचालक स्यामसन ज.ब.राणाले राजिनामा दिएका छन् ।

कम्पनीको संस्थापक शेयरधनी समूहतर्फबाट संचालक समितिमा प्रतिनिधित्व गरेका संचालक राणाले सो पदमा रही काम गर्न नसक्ने असमर्थ रहेको कारण देखाई दिएको राजिनामा माघ ६ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको हो ।

उक्त बैठकले माघ ९ गतेदेखि लागू हुनेगरी उनको राजिनामा स्वीकृत गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*