लुम्बिनी विकास बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढ्यो

९ माघ २०७८, आईतवार १२:०२

काठमाडौं। लुम्बिनी विकास बैंकको दोस्रोे त्रैमासको अवधिसम्ममा नाफा ३४.३१% ले बढेर ३५ करोड १७ लाख ४४ हजार रुपैयाँ पुगेको छ ।गत वर्ष यसैअवधिमा यसले २६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको छ ।

खुद ब्याज आम्दानी ३५.३३% ले बढेर ७२ करोड ७४ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा यसले ५३ करोड ७५ लाख रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो । सञ्चालन नाफा ४१.५८% ले बढेर ५१ करोड ४० लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा बैंकको सञ्चालन नाफा ३६ करोड ३० लाख रुपैयाँ थियो ।

कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ४ पैसाले बढेर २१ रुपैयाँ ४२ पैसा (बार्षिक) पुगेको छ । प्रतिसेयर नेटवर्थ १६८ रुपैयाँ ६८ पैसा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*