सनराइज बैंकको २ शाखारहित बैंकिङ सेवाको शुभारम्भ

९ माघ २०७८, आईतवार १६:५८

काठमाडौ । सनराइज बैंक लिमिटेडले २ शाखा रहित बैंकिङ सेवाको बिस्तार गरेको छ । बैंकले माघ ७ गते रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा न १४ फुलासीमा ८४ औं र ओखलढुगां जिल्लाको मोलुङ गाउँपालिका वडा न १ कुन्तादेविमा ८५ औं शाखारहित बैंकिङ सेवाको शुभारम्भ गरेको हो ।

बैंकले सेवा संचालनका लागि फुलासीका बसन्त कुमार लामा र कुन्तादेवीका लाल प्रसाद ढकाललाई ब्यावसायिक प्रतिनिधिका रुपमा नियुक्ति समेत गरेको छ । बिस्तारित शाखारहित बैंकिङ सेवाबाट बिल भुक्तानी, रकम भुक्तानी, निक्षेप संकलन र रकम स्थानान्तरण लगायतका सेवा प्रदान गर्ने जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*