क्रिप्टो लगायतका भर्चुअल करेन्सीको कारोबारमा गर्नेलाई कारबाही हुने

९ माघ २०७८, आईतवार १७:२४

काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिप्टो लगायतका भर्चुअल करेन्सीको कारोबारमा गर्नेहरुलाई कारबाही हुने चेतावनी दिएको छ। राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै यस्तो सूचना दिएको हो ।राष्ट्र बैंकले नेपालमा विदेशी विनिमय वा मुद्राका रुपमा भर्चुअल करेन्सी वा क्रिप्टोकरेन्सीले कानुनी मान्यता नपाएकोले यसको कारोबारमा संलग्नहरुलाई प्रचलित कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको हो।

नेपालभित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिकहरुसमेतले त्यस्तो कार्य गरेको वा गराएको पाइएमा कारबाही हुने राष्ट्र बैंकले स्पष्ट पारेको छ। हालका दिनहरुमा छोटो अवधिमै उच्च प्रतिफलको प्रलोभनमा त्यस्ता गैरकानुनी वित्तीय औजारमा आबद्ध भई कारोबार गर्दा सर्वसाधारण ठगिने र अवैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पुँजी पलायन हुने राष्ट्र बैंकले जनाएको छ।

त्यस्तै, उच्च प्रतिफल दिने प्रलोभन देखाई भर्चुअल करेन्सी/क्रिप्टोकरेन्सीहरुको कारोबार र प्रयोग गर्न तथा त्यस्ता भर्चुअल करेन्सी/क्रिप्टोकरेन्सीसँग सम्बन्धित हाइपर फन्डजस्ता कोषमा लगानी गर्न र जोसियल, क्राउड वान, सोलम्याक्स ग्लोबलजस्ता पिरामिडमा आधारित नेटवर्क मार्केटिङमा आबद्ध हुन प्रोत्साहन गर्ने र गराउने गरेको पाईएमा राष्ट्र बैंकले थप कारर्बाही अघि बढाउने जनाएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*