छ महिनामा एनएमबि बैंकले कमायो पौने दुई अर्ब, खराव कर्जा र स्प्रेड दर दुवै घट्यो

१० माघ २०७८, सोमबार ०८:०१

काठमाडौं । चालु आवको छ महिनामा एनएमबि बैंकको मुनाफा सामान्य अंकले बृद्धि भएको छ । आज प्रकाशित चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा सो बैंकको मुनाफा पौने दुई अर्ब पुगेको देखिएको छ ।

गत आवको समीक्षा अवधीमा एक अर्ब ६१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले ६.०४ प्रतिशतले बृद्धि गरी एक अर्ब ७१ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

बैंकको खुद ब्याज आम्दानी घटेपनि खराव कर्जा उठेका कारण इम्पेरिमेन्ट चार्ज ऋणात्मक भई मुनाफा बृद्धि भएको हो । बैंकको ब्याज आम्दानी ५.३७ प्रतिशतले घटेको छ भने शुल्क तथा कमिशन आय ४७.०६ प्रतिशतले बृद्धि भएको छ ।

वित्तीय विवरण अनुसार पुस मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ८७ करोड ४१ लाख रुपैयाँ रहेको छ । नाफा बढेपनि बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १९ रुपैयाँ ७० पैसा रहेको बैंकको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर १८ रुपैयाँ ९६ पैसामा झरेको हो । बैंकले बोनस शेयर वितरण गरेकोले इपिएस घटेको हो ।

पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १८.९६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ८० पैसा रहेको छ । बैंकको अनियमित कर्जा २.३८ प्रतिशतबाट झरेर १.४९ प्रतिशतमा सीमित हुन पुगेको छ । एनएमबि बैंकको बेसरेट केही बढेर ८.५८ पुगेको छ भने स्प्रेडदर ४.०२ बाट घटेर २.६४ मा झरेको छ ।

एनएमबि बैंंकले यसै वर्ष मात्रै एसियाकै उत्कृष्ट बैंकको अवार्ड प्राप्त गरेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*