सनराईज बैंकको मुनाफा घट्यो, कतिमा झर्यो इपिएस ?

१० माघ २०७८, सोमबार ०९:०४

काठमाडौं । क बर्गको सनराइज बैंक लिमिटेडको मुनाफा घटेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण आज सार्वजनिक गर्दै बैंक वित्तीय विवरणमा कमजोर रहेको देखिएको हो ।

आज प्रकाशित वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा र इपिएस दुबै घटेको छ । गत आर्थिक वर्षमा खराव कर्जा उठाएको कारण ह्वात्तै बढेको मुनाफा यस आवमा भने घटेको हो । गत आवको मुनाफाबाट ६.६५ प्रतिशत बोनस शेयर वितरण गरेको बैंकको मुनाफा घटेसँगै इपिएस ५.२७ रुपैयाँले ऋणात्मक बनेको छ ।

गत आवको छ महिने अवधीमा करिब ९५ करोड रुपैयाँ मुनाफा कमाएको बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २१.४७ प्रतिशतले घटेर जम्मा ७४ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ९ करोड रुपैयाँ रिभर्स भएको इम्पेरमेन्ट चार्ज, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३९ करोड ४९ लाख रुपैयाँ रहेको छ । जसका कारण बैंकको सञ्चालन मुनाफा र खुद नाफा घट्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.८० प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ९.१७ प्रतिशत बढेको छ ।

बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २० रुपैयाँ १ पैसा रहेको इपिएस चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर १४ रुपैयाँ ७४ पैसामा झरेको छ ।

पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २०.३६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ ७९ पैसा रहेको छ । त्यस्तै, बैंकको ब्याजदरका बेसरेट ७.२९ बाट बढेर ८.९४ पुगेको छ भनेृ स्प्रेडदर ४.१ बाट तल झरेर २.९ मा सीमित भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*