७ कम्पनीको लिलामी शेयरमा आवेदन दिन आज अन्तिम दिन

११ माघ २०७८, मंगलवार ११:०७

काठमाडौं । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रालिको स्वामित्वमा रहेको संस्थापक शेयर आवेदन दिने आज (माघ ११ गते) अन्तिम दिन रहेको छ । कम्पनीले संस्थापक समूह तर्फको ७ कम्पनीको ५ लाख २९ हजार ६७५ कित्ता शेयर लिलामीमा ल्याएको हो ।

प्रभु बैंक लिमिटेडको ४६ हजार कित्ता, प्राइम कमर्शियल बैंक लिमिटेडको ६० हजार ६७५ कित्ता, कुमारी बैंक लिमिटेडको २ लाख कित्ता, आइसिएफसि फाइनान्सको ५० हजार कित्ता, नेपाल ग्रामिण विकास लघु्वित्तको २३ हजार कित्ता, नेशनल लाइफ इन्स्योरेन्सको १ लाख कित्ता र नेपाल इन्स्योरेन्सको ५० हजार कित्ता शेयर बिक्रीमा ल्याएको छ ।

प्रभु बैंकले न्यूनतम १७५ रुपैयाँ, प्राइम कमर्शियल बैंकको न्यूनतम मूल्य १९० रुपैयाँ, कुमार बैंकको न्यूनतम मूल्य १७५ रुपैयाँ, आइसिएफसि फाइनान्सको न्यूनतम मूल्य २५० रुपैयाँ, नेपाल ग्रामिण विकास लघुवित्तको न्यूनतम मूल्य ४ सय रुपैयाँ, नेशनल लाईफ इन्स्योरेन्सको न्यूनतम मूल्य ३९४ रुपैयाँ र नेपाल इन्स्योरेन्स कम्पनीको न्यूनतम मूल्य ४५० रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिन सक्नेछन् ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरु वा अन्य ब्यक्ति तथा संघ संस्थाले आज (माघ ११ गते) मात्र आवेदन दिन सक्नेछन् । कम्पनीको बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*