नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयरमा आवेदन दिने भोलि अन्तिम दिन

११ माघ २०७८, मंगलवार ११:१५

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने भोलि अन्तिम दिन रहेको छ ।

कम्पनीले मंसिर २३ गतेसम्म कायम रहेका शेयरधनीहरुका लागि एक शेयर बराबर नयाँ एक शेयर (१ः१) अनुपातमा प्रतिशेयर अंकित मूल्य १०० का दरले १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद शेयरको निष्काशन गरेको हो ।

कम्पनीले उक्त हकप्रदमा आवेदन दिने अन्तिम मिति माघ १२ गतेसम्म तोकेको हुनाले उक्त शेयर खरिदका लागि मंसिर २३ गतेसम्म कायम शेयरधनीहरुले भोलि कार्यालय समयसम्म आवेदन दिन सक्नेछन् ।

उक्त हकप्रदको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*