छयाङ्दी हाइड्रोपावरको हकप्रद शेयर आजदेखि बिक्री खुल्ला, क–कसले दिन पाउँछ आवेदन ?

११ माघ २०७८, मंगलवार ११:१८

काठमाडौं । छयाङ्दी हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर आज (माघ ११ गते) देखि निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ३ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने लागेको हो ।

कम्पनीले १ सय रुपैयाँ अंकित दरले ८ करोड ९३ लाख २ हजार ५ सय रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर जारी गर्ने लागेको हो । हकप्रद निष्कासनका लागि कम्पनीले पुस २१ गते बुक क्लोज गरेको हुदाँ पुस २० गतेसम्म कायम शेयरधनीहरुले मात्र हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् ।

आवेदन दिन योग्य ब्यक्तिले आवश्यक कागजात संकलन गरी ग्लोबल आइएमई क्यापिटल नक्साल र ग्लोबल आइएमई बैंकको लमजुङका विभिन्न शाखा कार्यालयबा आवेदन दिन सकिनेछ । साथै धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो शेयर सफ्टवेयर मार्फत समेत आवेदन पेश गर्ने सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*